पशुपति शर्मा र सम्झनाको 'नयाँ काण्ड' ( भिडियो) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पशुपति शर्मा र सम्झनाको ‘नयाँ काण्ड’ ( भिडियो)



-समीर प्रकाश पाण्डे
नेपाली लोक दोहोरी क्षेत्रमा फरक खालको गीतहरुमा लिएर आउने गायक पशुपति शर्माको नयाँ तीज गीत बजारमा आएको छ। “अस्ट्रेलिया काण्ड” बोलको तीज गीत भर्खर मात्र सार्वजनिक भएको हो । पछिल्लो समय सबै नेपालीहरुले भोग्ने कुराहरुलाई निकै रमाइलो तरिकाबाट गीतले सन्देश दिएको छ भने विदेश गएर आफ्नो मायालाई बिर्सेको कुरा पनि गीतमा उत्कृष्ट रुपमा उठाएको छ ।

पशुपति शर्माको मौलिक शब्द संयोजन र संगीतमा रहेको यस गीतमा गायक शर्मालाई गायिका सम्झना भण्डारीले स्वरमा साथ दिएकी छिन्। दुर्गा पौडेलको निर्देशनमा रहेको उक्त भिडियो दिपक विष्टको सम्पादनमा तयार भएको हो। भिडियो भित्र कलाकारहरु दिपाशा बिसी, बबिन ठकुरी सँगै पशुपति शर्मा र सम्झना भण्डारीको नृत्य देख्न सकिन्छ ।