राखी सावन्त तनावमा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

राखी सावन्त तनावमा



काठमाडौं- बलिउड अभिनेत्री राखी सावन्त गोप्य विवाह गरेको भन्दै सोमबार दिनभर मिडियामा छाइन्।

उनले आइतबार भारतीय मूलका विदेशी नागरिकसँग मुम्बईको एक होटलमा विवाह गरेको समाचार छायो।

यी अभिनेत्रीले क्रिस्चियन धर्मावलम्बीको परम्पराअनुसार बेहुली भएको तस्बिर आइतबार बेलुका सञ्चारमाध्यममा चुहिएपछि उनको विवाहको हल्ला चलेको हो।

यी अभिनेत्रीले आफ्नो विवाह भारतीय मूलका विदेशी नागरिकसँग भएको भन्ने समाचार गलत भएको र सो समाचारले आफू तनावमा परेको बताएकी छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

‘गुपचुप विवाह गरेको भन्दै आज (सोमबार) दिनभर मलाई बधाईको फोन आयो। मैले बेहुलीको भेषमा एउटा क्यालेन्डरका लागि फोटो सुट गरेको तस्बिर हो त्यो भनेर धेरैलाई जवाफ दिँदादिँदै म दिक्क भएँ।’