छबी र शिल्पा 'माकुरी जालैमा' - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

छबी र शिल्पा ‘माकुरी जालैमा’



काठमाडौं उखानै छ, ‘दुई स्वास्नीको पाई, कुनामा बसी रोई’ अहिले फिल्म निर्माता छवि ओझालाई ठ्याक्कै यही उखान लागू भएको छ । उता ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ झैं अभिनेत्री शिल्पा पोखरेलको हालत भएको छ ।

छवि ओझाले शारीरिक शोषण ग–यो भन्दै गुहार माग्न टेकु प्रहरी परिसर पुगेकी तिनै शिल्पालाई खोज्न अहिले तिनै टेकु प्रहरी लागेका छन् । जब जेठी श्रीमतीको एउटा तिरले तीन जना श्रीमती जेल जाने हुन कि भन्ने चिन्ताले रेखा थापालाई समेत पिरोल्न थालेको देखेर हाँस्य कलाकार नारद खतिवडाले भन्दै थिए–बल्ल प–यो निरमाया माकुरी जालैमा ।

यो सामग्री दृष्टि साप्ताहिकको ‘बक्रदृष्टि’बाट ।