'एभेन्जर्स एन्डगेम' ले बनायो नयाँ विश्व किर्तिमान - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

‘एभेन्जर्स एन्डगेम’ ले बनायो नयाँ विश्व किर्तिमान



काठमाडौं – अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान ‘एभेन्जर्स : एन्डगेम’ले तोडेको छ । यसले अवतार फिल्मले बनाएको १० वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

आइतवार एन्डगेमले बक्स अफिसमा दुई अर्ब ७९ करोड दुई लाख डलर कमाएको छ । जेम्स क्यामरनको निर्देशनमा बनेको अवतारले दुई अर्ब ७८ करोड ९७ लाख डलर कमाएको थियो ।

मार्भलले एभेन्जर्स एन्डगेम बनाएको हो र मार्भलका प्रमुख केभिन फेइगले यो ठूलो उपलब्धि भएको बताए ।

फिल्मले बक्स अफिसमा कमाइ गरेको मात्र नभई समीक्षकहरूको सकारात्मक प्रतिक्रिया पनि पाएको छ ।

समीक्षाहरूको एग्रिगेटर वेबसाइट रटन टमेटोजमा ९० प्रतिशतभन्दा बढी समीक्षा सकारात्मक छन् ।

डिज्नीले सन् २००९ मा मार्भल स्टुडियोज किनेको थियो ।

मार्भलले आगामी १० वटा सुपरहिरो फिल्महरूको घोषणा गरेको छ । तीमध्ये सातवटा सन् २०२१ मा सार्वजनिक हुँदैछन् ।

बीबीसी