सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१२)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।३८।।
एषा तेऽभिहिता सांख्ये बुद्धिर्योगे त्विमां शृणु।
बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि।।३९।।
दुःख्सुख्, लाभ र हानि, हारजित, यी सब्लाई एकै गनी
लड्ना निम्ति तयार हौ, त्यति भए बन्दौन पापी तिमी।
ऐले यो तिमीलाई जेजति भनें सब् साङ्ख्य सिद्धान्त हो
भन्दै छू अब बुद्धियोग यसले लाग्दैन दोष् कर्मको।।२२।।
नेहाभिक्रमनाशोऽस्ति प्रत्यवायो न विद्यते।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्।।४०।।
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम्।।४१।।
व्यर्थै हुन्न प्रयास यो मत लिए, लाग्दैन दोष् कर्मको
रक्षा गर्छ विपत्तिबाट जति नै थोरै बनोस् धर्म यो।
यस्मा बुद्धि छ निश्चयात्मक र त्यो यौटै छ त्यो मुख्य छ
त्यै बुद्धि छ अनिश्चयात्मक भने नाना स्वरूप् धर्दछ।।२३।।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः।।४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम्।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति।।४३।।
वेद्का सुन्दर वाक्यमा भुलि उतै चासो लिने मूर्खले
भन्छन् त्यै श्रुति भिन्न छैन भवमा अप्नाउने लोकले।
जस्को लक्ष्य छ स्वर्ग पुग्नु ती त हुन् कामी तिनै भन्दछन्
भोगैश्वर्य र स्वर्गदायी पनि छन् यज्ञै ठूला कर्म हुन्।।२४।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम्।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते।।४४।।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान्।।४५।।
जो आसक्त छ कर्मकाण्डतिर औ भोगादिको भक्त छ
त्यस्को बुद्धि समाधिमा स्थिर भई बस्तैन कैले बुझ।
वेद् हुन्, सत्त्वरजादि तीन गुणका व्याख्या तिमी अर्जुन !
योगक्षेम नचाहने गुणरहित् निर्द्वन्द्व योगी बन।।२५।।
(क्रमशः)