सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१०)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि।
तथा शरीराणि वियाय जीर्णान्यन्यानि संयाति नवानि देही।।२२।।
नैनं छिन्दति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३।।
फाली जीर्ण लुगा मनुष्य जसरी अर्का लुगा लाउँछ
छोडी वृद्ध शरीर जीव् त्यसरि नै अर्को शरीर् धर्दछ।
सक्तैनन् हतियार काट्न न त यो आगामहाँ डढ्दछ
पानीले नत भिज्छ, पार्थ ! न त यो हावामहाँ सुक्दछ।।१४।।
अच्छेद्योऽयमदाहोऽयमक्लेद्योऽशोष्य एव च।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२४।।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।
यो आत्मा छ नकाटिने नडढने, त्यस्तै नभिज्ने अनि
हावाले नसुकाइने, स्थिर छ, यो व्यापक्, सनातन् पनि।
यो हो नित्य, अचिन्त्य, अव्यय, अचल् यै भन्दछन् सज्जन
यस्लाई यहि रूपमा चिन तिमी ठीक् छैन चिन्ता लिन।।१५।।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि।।२६।।
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य छ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि।
आत्मा मर्दछ देहसाथ र सधैँ जन्मिन्छ फेरी पनि
भन्ठाने पनि शोक गर्न तिमीले मिल्दैन कत्ती पनि।
जो जन्म्यो ऊ त मर्छ निश्चय अनि जन्मन्छ मर्ने पनि
त्यस्ले हेर अकाट्य यस् विषयमा के शोक गर्छौ तिमी।।१६।।
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत।
अव्यक्तनिधनान्येव तत्र का परिवेदना।।२८।।
आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्यः।
आश्चर्यवच्चैनमन्यः शृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।।२९।।
सारा जीव थिए अदृश्य पहिले आकार बीच्मा लिए
बन्छन् फेरि अदृश्य, मृत्युपछि ती के निम्ति चिन्तित् हुने।
अद्भुत् वस्तु बुझेर हेर्दछ कुनै यस्लाई आश्चर्यले
अर्को भन्छ र सुन्छ जिल्ल बनिई चिन्दैन केही अरे।।१७।।
(क्रमशः)