मुन्द्रेको कमेडी क्लबका लट्टेको अभिनयमा 'काँकरी' (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मुन्द्रेको कमेडी क्लबका लट्टेको अभिनयमा ‘काँकरी’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव गायक चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीज गीत ‘काँकरी’को भिडियो हालै मात्र सार्वजनिक भएको छ।

उनै गायक चोलेन्द्र पौडेलको सङ्गीतमा रहेको सो गीतको शब्द शिव अखेलीले लेखेका छन्। नेपालको सुन्दर सहर पोखरामा जन्मिएका गायक पौडेल लोक दोहोरी क्षेत्रका यए सफल कलाकार हुन। उनको स्वर सङ्गीतमा रहेका थुप्रै गीतहरू दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएका छन्। तिज गीत काँकरीलाई पनि दर्शक श्रोताले मन पराइदिनु हुन्छ भन्ने आशा गरेको पौडेलले हिमाल पोस्ट सङ्गको कुराकानीमा बताए।

पोखराको रमणीय स्थलमा छायाङ्कन भएको गीतको भिडियोलाई युवा निर्देशक युवराज भण्डारीले निर्देशन गरेका छन्। होम गुरुङको कोरियोग्राफी,गणेश सापकोटाको छायाङ्कन रहेको भिडियो फलानो क्रियशनले बजारमा ल्याएको छ। म्युजिक भिडियोमा मुन्द्रेको कमेडी क्लबका हास्यकलाकार लट्टे (राजेन्द्र नेपाली ), युवराज भण्डारी,सबिना क्षेत्रीको अभिनय रहेको छ भने सुवास अम्गाईले सम्पादन गरेका छन्। गीतको भिडियो गायक तथा सङ्गीतकार चोलेन्द्र पौडेलकै युट्युब च्यानल बाट सार्वजनिक भएको छ।