सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
मात्रास्पर्शातु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत।।१४।।
गर्मी, शीत र दुःख्सुखहरू सखे ! सब् इन्द्रियै धर्म हुन्
मिल्दा इन्द्रिय साथमा विषय ती हुन्छन् तथा हट्तछन्।
त्यस्ले यी सब हुन् अनित्य, कहिले हुन्छन् हुँदैनन् भनी
ज्ञानी व्यक्ति सहेर बस्छ सहजै ठीक् हो तिमीले पनि।।९।।
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ।
समुदःखसुखं धीरं सोऽमृतत्वाय कल्पते।।१५।।
नासतो विद्यते भावो नाभावो विद्यते सत:।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदशिभि:।।१६।।
जो चैँ इन्द्रियजन्य दुःखसुखमा बन्दैन चिन्ताकुल
एकै ठान्दछ शीत-उष्ण, सुख-दुःख्, त्यो मुक्त हो निश्चित।
जुन् चीज् छैन ऊ हुन्न पार्थ कहिल्यै जुन् चीज् छ ऊ नित्य छ
भित्री भेद असत् र सत् यी दुईको तत्त्वज्ञले जान्दछ।।१०।।
अविनाशी तु तद्विद्वि येन सर्वमिदं ततम्।
विनाशम्व्ययस्यास्य नकश्चित्कर्तुमर्हति।।१७।।
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत।।१८।।
त्यै यौटा अविनाशी हो, भुवनमा व्यापक् छ त्यो अर्जुन !
त्यस्लाई कति नै गरे पनि कुनै सक्तैन मेटाउन।
जुन् आत्मा अविनाशी, नित्य छ तथा भेटिन्न मन् बुद्धिले
त्यस्ले स्वीकृत देह नश्वर छ, यो जानी लडे ढुक्कले।।११।।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्त्यते हतम्।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते।।१९।।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शास्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे।।२०।।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम्।।२१।।
यो हो घातक भन्छ जो र अनि जो मारिन्छ यो भन्दछ
ती दोटै अनभिज्ञ हुन्, बुझ, न यो मारिन्छ वा मार्दछ।
यस्ले जन्म लिँदैन पार्थ ! अनि यो मर्दैन कैले पनि
एकैपल्ट भएर फेरि नहुने, यो ह्वैन जाने तिमी।।१२।।
यो ता हो अज, नित्य, व्यापक अनि स्रष्टा तथा अव्यय
मारी पार्थिव देह यो त कहिल्यै मारिन्न भन्ने बुझ।
जस्ले यस् अविनाशीलाई अज औ आत्मा भनी चिन्दछ
त्यस्ले मार्छ न ता मराउँछ कसैलाई ऊ निष्पक्ष छ।।१३।।
(क्रमशः)