आजको प्रतिनिधिसभा बैठक स्थगित, बुधबार १ बजे बस्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आजको प्रतिनिधिसभा बैठक स्थगित, बुधबार १ बजे बस्ने



आज चलिरहेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। बैठक स्थगनको सूचना टाँस गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। पछि सूचटा टाँस गरी बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

आजको बैठकमा सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको शङ्कास्पद मृत्युलाई लिएर काङ्ग्रेस र राजपाले गृहमन्त्रीको जबाफ मागेका थिए।

गृहमन्त्री रामबहादुर थापाले जबाफ पनि दिएका थिए। तर थापाको जबाफ चित्त नबुझेको भन्दै काङ्ग्रेस र राजपाले संसदीय छानबिन समितिको माग तेर्स्याएका थिए।

सभामुख कृष्णबहादुर महराले संसदीय छानबिन समिति गठन गरी पन्ध्र मिनेटका लागि स्थगित भएको बैठक सुचारु गराउन पहल गरेका थिए। तर सत्तारुढ दलहरूले छानबिन समितिको मागबारे कुरा नगर्ने बताएपछि बैठक सूचना मार्फत स्थगित भएको हो।