मात्रिका यादवले भने - प्रधानमन्त्री कार्यालयले मलाई डुबायो - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मात्रिका यादवले भने – प्रधानमन्त्री कार्यालयले मलाई डुबायो



हिमालपोस्ट/काठमाडौँ –

पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले माफी मागेका छन् । सचिवहरूले आफूलाई डुबाएको आरोप समेत उनले लगाए ।

सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’

तथापि कसैको दबाबमा परेर निर्णय फिर्ता नलिएको उनको तर्क छ।

पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै मन्त्री यादवले माफी मागे । उनले भने, ‘सचिवहरूले मलाई भन्दै भनेनन् । पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु। म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईँहरुलाई सन्तोष मिल्छ भने हान्नुस्।’