शान्ति प्रक्रिया भाँड्न खोजियो - प्रचण्ड - Himal Post Himal Post
  • १५ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 31 2024
Logo

शान्ति प्रक्रिया भाँड्न खोजियो – प्रचण्ड



काठमाडौँ –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया भाँड्नका लागि ठूलो जालझेल भैरहेको बताएका छन् ।

उनले समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै यस्तो प्रयास घातक हुने बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए ।

बाबुरामलाई पनि मिल्न आग्रह

प्रचण्डले उक्त कार्यक्रममा आफ्ना पूर्व सहकर्मीहरूलाई पार्टी एकतामा सामेल हुन आग्रह गरे । उनले नयाँ बनाउँछु भनेर हिडेँका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन प्रचण्डले आग्रह गरेका छन् । नेताहरूलाई सम्मान दिन तम्तयार रहेको उल्लेख गर्दै उनले भने, ‘कसरी सम्झाउने होला भनेर चिन्ता लागेको छ । उहाँहरूले पनि भनिदिनुपर्‍यो, के सम्मान गर्‍यो भने आउनुहुन्छ ।’