भारतीय संसदमा नयाँ बजेट प्रस्तुत हुँदै - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

भारतीय संसदमा नयाँ बजेट प्रस्तुत हुँदै



हिमालपोस्ट/काठमाडौँ

मोदी सरकारले आज भारतीय संसदमा बजेट प्रस्तुत गर्न लागिरहेको छ। भारतकै प्रथम महिला वित्त मन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्दै छिन्। लोकसभामा वित्त मन्त्रीका आमाबाबु पनि आएका छन्।

वित्त मन्त्री सीतारमणले दसवटा लक्ष्यहरू निर्धारित गरेकी छिन्:

१. भौतिक संरचनाको विकास, २. डिजिटल भारतलाई अर्तव्यवस्थाको हरेक क्षेत्रमा पुऱ्याउने, ३. हरित मातृभूमि र प्रदूषण मुक्त भारत, ४. एमएसएमइ, स्टार्टअप, डिफेन्स, अटो र हेल्थ सेक्टरमा विशेष जोड, ५. जल प्रबन्धन र स्वच्छ नदीहरूको लक्ष्य, ६. ब्लु इकोनोमी, ७. गगनयान र चन्द्रयान मिसन, ८. खाद्यान्न क्षेत्र, ९. स्वस्थ समाज, आयुष्मान भार र सुपोसित महिला-बालबालिका, १०. जनभागिदारी, न्यूनतम सरकार र अधिकतम शासन

अहिले बजेट प्रस्तुतिकरण जारी छ।

(एजेन्सीको सहयोगमा)