आइफामा नेपाल सरकारले गर्ने खर्चको विवरण - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

आइफामा नेपाल सरकारले गर्ने खर्चको विवरण



हिमालपोस्ट/काठमाडौँ

सूचना तथा संचार मन्त्रीले आइफामा घाटाको व्यापार नगर्ने वा नेपाल सरकारले खर्च नगर्ने भनीरहँदा, सहमति अनुरूप करोडौँ खर्च गर्नु पर्ने देखिएको छ। आयोजक संस्था विजक्राफ्टसँग गरेको सम्झौतामा नेपाल सरकारका दायित्व नामक परिशिष्टमामा गर्नु पर्ने खर्चहरूको उल्लेख गरिएको छ। सो विवरण यस प्रकार छ:

परिशिष्ट दुई

नेपाल सरकारका दायित्वहरू

सहमतिमा सामेल गरिएका दायित्वहरूदेखि बाहेक, तल निर्धारित समयसीमा र विधिमा नेपाल सरकार पूर्णतया आफ्नै मूल्य र खर्चमा निम्नलिखित दायित्वहरू र उत्पादहरूका लागि जिम्मेवार रहनेछ:

  • प्रतिफल भुक्तानी(कन्सिडरेसन पेमेन्ट) : नेपाल सरकारले ४० लाख अमेरिकी डलर + कर प्रतिफल भुक्तानी निम्न विधिले गर्नुपर्नेछ।
    क) प्रतिफलको ५०% अर्थात् २५ लाख अमेरिकी डलर यो सहमतिमा हस्ताक्षर भए लगत्तै।
    ख) प्रतिफलको बाँकी ५०% अर्थात् २५ लाख अमेरिकी डलर अगस्ट १, २०१९ मा वा पहिले।
  • समारोह सुविधाहरू
    क) स्थान: नेपाल सरकारले विजक्राफ्टसँग कुनै शुल्क नलिई समारोह स्थानमा उल्लेखित संरचना प्रदान गर्नुपर्नेछ। सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नुपर्नेछ।
    समारोह र स्थान विवरण
    आइफा रक्स र आइफा अवार्ड्स
    – दर्शक सङ्ख्या – ४०००
    – आवश्यक दिन – २०
    – स्थान आवश्यकतामा निम्न सामेल हुनुपर्नेछ – सम्म पारिएको भुइँ, मञ्च, स्क्रिनहरू, बिजुली, एयर कन्डिसनिङ, हाउसकिपिङ, स्थलगत सुरक्षा, साउन्ड, प्रकाश, भिआइपि(अभिनेताअभिनेत्री/गन्यमान्य/आमन्त्रित पाहुना, -करिब २०००) बस्ने स्थान तथा नेपथ्यको संरचना
    ख) आतिथ्य- ‘आइफा हस्ट होटल एन्ड क्र्यु रिक्वारमेन्ट’ नामक एक्सेल सिटमा उल्लेख गरिए बमोजिम विजक्राफ्टले छनोट गरेका र सहमति भएका होटलहरूमा प्रदान गरिनुपर्ने सम्पूर्ण आतिथ्य। यससम्बन्धी सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नु पर्नेछ।
    ग) यात्रा: व्यापारिक/वा चार्टर गरिएका उडानहरूबाट सम्पूर्ण आइफा टोलीलाई काठमाडौँ सम्मक लागि हवाइ यात्रा नेपाल सरकारले प्रदान गर्नुपर्नेछ। तल उल्लेखित हवाइ टिकट खर्चहरूको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नुपर्नेछ।
    -आइफाको सप्ताहान्तको अवधिमा यात्रा आवश्यकताका लागि सम्पूर्ण पहिलो र बिजिनेस क्लासको हवाइ यात्रा खर्च।