भारतीय मिडिया भन्छ - चार हजार नेपाली नागरिकता खोसिन सक्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतीय मिडिया भन्छ – चार हजार नेपाली नागरिकता खोसिन सक्ने



नवलपरासी

नेपालमा हाल दोहोरो नागरिकता लिनेहरूमाथि अङ्कुश लगाइँदै छ। केही महिना अघि नवलपरासीमा चार सय नागरिकता रद्द गरिएका थिए। यसपछि नेपालको गुप्चतर विभागले दोहोरो नागरिकता लिनेहरूको विवरण सङ्कलन गरिरहेको छ। अहिलेसम्म यसमा चार हजार मानिसहरूलाई सूचीकृत गरिसकिएको छ।

अमर उजालाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भने अनुसार नेपाल र भारतका गुप्तचर अधिकारीहरूको आपसी सहयोगमा नक्कली कागजपत्र बनाई दोहोरो नागरितका लिनेहरूको यस्तो सूची बनाउने काम भैरहेको छ।

तराईका जिल्लाहरूमा यो अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाइएको छ। नवलपरासी, नवलपुर, कपिलवस्तु र रूपन्देहीका करिब चार हजार मानिसहरूसो सूची नेपाल सरकारलाई पठाइ सकिएको छ। १९९७ को नागरिकता टोलीमा अनियमितता भेटिएपछि सर्वोच्च अदालतले चार यस नागरिकता रद्द गरेको थियो।