इटहरी उपमहानगरपालिकाका मेयरलाई कार्बाही गरियोस् - सांसद - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

इटहरी उपमहानगरपालिकाका मेयरलाई कार्बाही गरियोस् – सांसद



काठमाडौँ –

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरू सीतादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कारबाही नगरेकोमा नेपाली काङ्ग्रेसकी कोषाध्यक्षसमेत रहनु भएकी यादवले आपत्ति जनाइन्। त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।

पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरूमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कारबाही गर्न काङ्ग्रेस सांसद लक्ष्मी परियारले सरकारलाई सचेत गराइन्।

प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली का‌ङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए।

(फाइल तस्बिर)