घ्युबिना मेरो खाना अधुरो - शिल्पा सेट्टी - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

घ्युबिना मेरो खाना अधुरो – शिल्पा सेट्टी



काठमाडौँ –

बलिउडकी चर्चित नायिका शिल्पा सेट्टीलाई फिटनेस फ्रिक भने पनि हुन्छ। उनी नियमित योगाभ्यास गर्छिन् र डाइटिङका विषयमा पनि उतिकै सचेत छिन्।

उनलाई डाइटिङ बारे प्रश्न सोध्दा उनले भनिन्,”३०% वर्कआउट हुनुपर्छ।चाहे, त्यो जिम होस् वा योगा होस्।तर, फिट हुनको लागि तपाईँलाई ७०% सही डाइट हुनुपर्छ।तर, डाइटको मतलब यो होईन कि तपाईँ तेल नै खान छोड्नुहोस्।”

उनले आफूले लुकाएर जिरा-आलु खाने गरेको पनि सुनाइन्; भनिन्,”मान्छे आलुसँग नफरत गर्छन्। कसले भन्छ आलु खाँदा मोटो भईन्छ भनेर ? कसले भन्छ खाना पकाउँदा ओलिभको तेल हाल्नुपर्छ भनेर ? म त खानामा बेस्सरी घ्यु हाल्छु। र, खान्छु पनि। घ्युबिना मेरो खाना नै अधुरो हुन्छ ।’

यो समाचार बीबीसी हिन्दीले विशेष महत्त्वका साथ प्रकाशित गरेको छ।