कार्ल मार्क्सको घरमा पुगेर महरले भने, 'कम्युनिस्ट आन्दोलन कलङ्कित भयो' - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

कार्ल मार्क्सको घरमा पुगेर महरले भने, ‘कम्युनिस्ट आन्दोलन कलङ्कित भयो’



नेपाली काङ्ग्रेसका युवा नेता एवम् नेविसङ्घका पुर्व अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हाल सम्म विश्वभरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन जनताका नाममा कलङ्कका रूपमा देखिन थालेको बताएका छन्।

युरोप स्थित काङ्ग्रेसका जनसम्पर्क समितिहरूका विभिन्न देशहरूको कार्यक्रम व्यस्त रहेका महरले मार्क्स जन्मेको घरको अवलोकन पछि जर्मनीको ट्रेरियर शहरको एक कार्यक्रममा वोल्दै मार्क्स एक दार्शनिक भए पनि उनले सोचेको कम्युनिस्ट विचारले संसारको कुनै कुनामामा पनि राजनैतिक अधिकार सहितको शान्तिपूर्ण राम राज्य स्थापित हुन नसकेको बताए।

कम्युनिस्ट वरदान होईन कि अभिशापका रूपमा परिणत भएको छ। स्वयम् मार्क्स जन्मेको देश र शहरमा उनले प्रतिपादित गरेको कम्युनिस्ट विचारधारा शून्य भ्यालुमा झरेकाले मार्क्सको देश जर्मनका जनता समेत बर्लिनको पर्खाल जस्तै अब दुनियामा कुनै पनि जनताले कम्युनिस्ट पर्खालको चारदीवारी भित्र बस्‍नु नपरोस् भन्ने पक्षमा रहेको एक अर्कों प्रसङ्गमा महरले भने।

अहिले प्रजातान्त्रिक विश्वको युग भएकाले दुनियाको कुनै पनि मुलुक प्रजातान्त्रिक पद्दतिबाट भाग्न नसक्ने बताउदै महरले नेपालको कम्युनिस्ट सर्वसत्तावादी प्रभुत्व मिथ्या र क्षणिक भएकाले छिटै पतन हुनुका साथै प्रजातान्त्रिक नेपालमा देशले समृद्धि प्राप्त गर्ने कुरामा ढुक्क रहन विदेशमा रहेका डायस्पोरा नेपालीसँग उनले आग्रह गरे।