बजारमा दुइ किलो आलुको रोमान्स (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बजारमा दुइ किलो आलुको रोमान्स (भिडियो सहित)



समिर प्रकाश पाण्डे/पुष ११ 

बसन्त लम्साल र प्रकाश ढकालको आवज तथा प्रकाश ढकालकै शब्द संगीतमा तयार भएको “दुइ किलो आलु ” बजारमा सार्बजनिक भएको छ। बादल थडराइको लगानिमा बजारमा आएको गीत् समसामयीक कथा ब्यथालाइ समेटिने गरी तयार गरिएको छ।

जवानिको जोसमा डिस्को धाउनु, रक्सि खानु, पैसाको भरमा साथि भाइहरु संगै मोज मस्ति गर्नु, बैदेशिक रोजगारिको नाममा दलालले लाखौ ठगि गर्नु र अन्त्यमा केहि उपाए न लागे पछि गाउमै फर्किएर बुद्धि फिरेको बिसय बस्तुलाइ समेत गीतमा रमाइलो गरि प्रस्तुत गरिएको छ ।

अबिरल फिल्म्सले बजार् ब्यबस्थापन गरेको भिडियोमा प्रकाश ढकालको निर्देशन, दिपक परियारको छायांकन , बिस्नु भट्टराईको सम्पादन रहेको छ् । प्रकाश ढकाल र बादल थदराइको अभिनय रहेको भिडियो अबिरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएकोमा छ, बुटवलको बिभिन्न ठाउहरुमा छायांकन गरिएको भिडियो हेर्नको लागि यहा क्लिक् गर्नुहोस

https://youtu.be/n9SWnTjHgKU