कोमल ओलि अस्पताल भर्ना - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

कोमल ओलि अस्पताल भर्ना



काठमाडौँ –

गायिका एवम् सभासद कोमल ओलि अस्पताल भर्ना भएकी छिन् । उनको सचिवालयले उनी अस्पतालको बेडमा सुतिरहेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेको छ ‘माननीय कोमल ओलिको स्वास्थ्यमा अचानक समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।’

चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको जानकारी गराउँदै सचिवालयले स्वास्थ्यमा सुधार भएको उल्लेख गरेको छ । ‘केही दिनमा सांसद ओली पुनः दैनिक काममा फर्किनु हुनेछ । केही दिन बेड रेस्ट गर्नु परेकाले सम्पर्कमा आउन खोज्नु भएकाहरूसँग उहाँको अनुपस्थितिले पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।’