आमाले बिहे गर्न नमान्दा छोरी अपहरण
बुटवल–
प्रहरीले रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी नाबाालिकाको उद्धार गरेको छ । ती बालिकालाई आमाले विवाह गर्न नमानेपछि अपहरण गरिएको थियो।
पर्सा वीरगञ्जका जयराम दासले ती बालिकाको अपहरणमा गरेका थिए। ती प्रहरीले बालिकालाई बुटवलको एउटा होटेलबाट उद्धार गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार दासले रुपन्देही तिलोत्तमाकी ती महिलालाई जयराम दासले विवाह प्रस्ताव गरेका थिए। तर महिलाले प्रस्ताव नमानेपछि गरेपछि उनकी छोरी अपहरण गरेको प्रहरीले जनाएको छ ।
९ गते अपहरणमा परेकी बालिकालाई बुधबार बिहान प्रहरीले उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाए अनुसार ९ गते साँझ करिब ८ बजे तिलोत्तमा नगरपालिकाबाट ६ वर्षकी बालिका अपहरणम परेकी थिइन्। उनलाई वीरगञ्ज २७ घर भएका बर्ष ३८ का जयराम दासले अपहरण गरेका थिए ।
बिगत नौ महिनादेखि तिलोत्तमा रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको रूपमा जयराम दासले काम गरिआएका थिए। यसै क्रममा पीडित बालिकाकी आमासँग उनको चिनजान भएको थियो ।
ती महिलासँग विवाह गर्न उनले प्रस्ताव राखेका थिए। निज महिलाले उनको प्रस्ताव स्वीकार गरिनन्। त्यसपछि बालिकाको अपहरण गरेका थिए।
श्रीमान् घरमा नभई आमाछोरी मात्र भएको अवस्थामा जबरजस्ती अपहरण गरी लगेको खबर प्रहरीले प्राप्त गरेपछि खोजी तीव्र पार्ने क्रममा नाबालिका फेला पारेको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा एन्ड रेस्टुरेन्टको कोठा नं. १०३ मा बालिका फेला पारेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।