नाता क्रिकेट कपको उपाधि गुरुकुललाई - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

नाता क्रिकेट कपको उपाधि गुरुकुललाई



कैलाली । लम्किचुहा नगरपालिका स्थित पञ्चकाेशि मैदानमा सञ्चालन भएको दाेस्राे नाता कप क्रीकेट प्रतियोगिता २०७६ काे उपाधि गुरुकुल ईङ्गलिस स्कुल माेतिपुरले उचालेकाे छ ।

जेठ ३१ गते बाट सुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका ३ स्थानिय पालिका टिकापुर नगरपालिका,लम्कि चुहा नगरपालिका र बर्दगाेरिया गाउपालिकाका गरि १६ वटा निजि तथा संस्थागत बिधालयहरुकाे सहभागिता रहेकाे थियाे ।

शनिबार बिहान भएको फाईनल खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेकाे नव बाल बाटिका बिधा मन्दिर बाैनियाले निर्धारित २० अाेभर मध्य १६.२ अाेभरमा अल अाउट हुदै मात्र ८३ रन जाेड्न सफल भएको थियाे । जसका अायुष शाहीले २० बलमा २ छक्का र २ चाैकाकाे मदतमा २५ रन जाेड्दा अनाेज शाहले २३ बलमा १ छक्का र १ चाैकाकाे मदतमा १३ रनकाे याेगदान गर्नु बाहेक अन्यकाे प्रदसन सम्झन लायन रहेन । नव बाल बाटिकाका ७ खेलाडी दाेहाेरा अंकमा रन नजाेड्दै अाउट भएका थिय । बाल बाटिका लाई ८३ रनमा राेक्ने क्रममा गुरुकुलका धुर्व जैसिले १९ रन खर्चिदै ३ विकेट र लक्ष्मण देवकोटाले ११ रन खर्चिदै २ विकेट लिएका थिए ।

८४ रनकाे विजयी लक्ष्य लियर मैदान उत्रेकाे गुरुकुलले निर्धारित २० अाेभर मध्य १७.१ अाेभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायकाे थियाे । गुरुकुल लाई ४ विकेटकाे जित दिलाउने क्रममा धुर्व जैसिले १४ बलमा ३ चाैकाकाे मदतमा १८ रनकाे महत्त्वपूर्ण याेगदान गर्दा राेहित बास्ताेलाले २१ बलमा ३ चाैकाकाे मदतमा १३ रनकाे याेगदान गरेका थिय । फाईनल खेलमा ३ विकेट र १८ रनको याेगदान गर्ने गुरुकुल का धुर्व जाेसी म्यान अफ द म्याच घाेषित भए । उपाधि संगै गुरुकुल ईङ्गलिस स्कुल माेतिपुरले नगद २५,००० पुरस्कार पाउँदा उप विजेता नव बाल बाटिका बिधा मन्दिर बाैनिया नगद १२,५०० मा चित्त बुझाउन बाध्य रह्यो ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडि गुरुकुल ईङ्गलिस स्कुल माेतिपुरका राेहित चाैधरि घाेषित हुदा उत्कृष्ट व्याटस्म्यान माउण्ट सैपाल टिकापुरका लक्ष्मण बिष्ट , उत्कृष्ट बलर नव बाल बाटिका बिधा मन्दिर बाैनियाका हेमन्त बुढा उदयमान खेलाडी गुरुकुल ईङ्गलिस स्कुल माेतिपुरका बिबेक बम र उत्कृष्ट फिल्डर अादर्श नमुना बिधालय लम्किका नबिन तिमिल्सेना घाेषित भएका थिए ।