मोदीले गरे नेपालीमा ट्वीट - ओलीज्यू धन्यवाद - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

मोदीले गरे नेपालीमा ट्वीट – ओलीज्यू धन्यवाद



काठमाडौँ –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई योगको विशिष्टता उजागर गरेको भन्दै धन्यवाद दिएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले गरेको ट्वीटको जबाफ दिँदै  नेपालीमै लेखेका छन्, “योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।”

प्रधानमन्त्री के.पी. शर्मा ओलीले योग दिवसको अवसरमा ट्वीट गरेका थिए, “विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।”

ओलीले योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा सहभागी भएका थिए।