कर्णाली नदीमा १० यात्रु सवार जिप खस्यो - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कर्णाली नदीमा १० यात्रु सवार जिप खस्यो



काठमाडौँ

खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० जना सवार रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको छ।

प्रहरीले दिएको जानकारी अनुसार तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको हो। दुर्घटना मङ्गलबार दिउँसो १२ बजेर १४ मिनेटमा भएको हो।

जिप बाटोबाट सिधै कर्णाली नदीमा पुगेको र घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको जनाइएको छ। सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरबाट घटनास्थल पुगेको र जिप फेला परिनसकेको बताइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

(फाइल तस्बिर)