तनुश्री दत्ताले मागिन् मोदीको साथ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

तनुश्री दत्ताले मागिन् मोदीको साथ



बलिउड नायिका तनुश्री दत्ताले सन् २००८ मा एक चलचित्रको छायाङ्कनका बेला आफूमाथि नायक नाना पाटेकरले यौन हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि केही समय अगाडि बलिउडमा ‘मिटू’ प्रकरण खुबै तात्यो । तनुश्रीले यौन हिंसाको  आवाज उठाएपछि अन्य केही बलिउड नायिकाले पनि यस बिषयमा आफ्नो मुख खोलेका थिए ।

हालै मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दै नानालाई ‘क्लिन चिट’ दिइसकेको छ । नानाले सफाई पाएपछि तनुश्री उग्र बनेकी छिन् । उनले मुम्बई प्रहरीका भ्रष्ट अधिकारीका कारण आफूले न्याय नपाएको बताउँदै आएकी छिन् ।

तनुश्रीले यस बिषयमा अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् । मोदीसँग सहयोगको अपील गर्दै तनुश्रीले ‘हाम्रो प्रधानमन्त्रीको उद्देश्य नै भ्रष्टाचार मुक्त समाज हुँदा, यौन हिंसा गर्ने मानिस कसरी सडकमा निर्धक्क हिड्न सक्छ ?’ भनेर प्रश्न पनि गरेकी छिन् ।