व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ



-अर्जुन पराजुली

म किसान हुँ, पाल्ने मेरो पेसा हो
राँगो पालेँ– मिस्टर ह्याण्डसम प्रतियोगितामा भाग लिन गयो
भैँसी पालेँ– सुन्दरी प्रतियोगितामा भाग लिन गयो
कर्मचारी पालेँ– भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
नेता पालेँ– आफूलाई राजा बनाउँदै ल्यायो
सरकार पालेँ– गर्नुपर्ने काम एउटै गरेन, नगर्नुपर्ने काम सबै गर्‍यो
सुरक्षाकर्मी पालेँ– सुरक्षा नदिउञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा दिनेवित्तिकै मर्‍यो
पाल्ने जन्तु कुनै नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ ।

-0-