गायक प्रकाश र र्‍यापर टेकेन्द्रको 'लास्ट ब्युटि’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गायक प्रकाश र र्‍यापर टेकेन्द्रको ‘लास्ट ब्युटि’ सार्वजनिक (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।

नेपाली साङ्गीतिक क्षेत्र सानो भएपनि पछिल्लो समय थुप्रै नव गायक गायिकाहरुले नेपाली सांगेतिक क्षेत्रमा पाइला टेकि हरेक दिन नयाँ शैली सहितका गित ,म्युजिक भिडियो तथा नयाँ एल्बम बजारमा सार्वजनिक गराइराखेका छन् ।

यसै क्रममा नव गायक प्रकाश रोकाया र सन्चिता राईको स्वरमा सजिएको ‘लास्ट ब्युटि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाबू राजा युट्युव च्यानल मार्फत मंगलबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

करण बिष्ट र महेन्द्र बिष्टको शब्द तथा चर्चित गायक हेमराज थापा (बाबू राजा) को संगित रहेको उक्त गितमा टेकेन्द्र रोकायाले र्‍याप गरेका छन् भने केशव बडुले एरेन्ज भरेका हुन् ।

निर्देशक दिपक भन्डारीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा मोडेल हेमराज थापा (बाबुराजा) र डिम्पी ठकुरीको अभिनय देख्न सकिन्छ । युवा पुस्तालाई लक्षित गरि मायाको बारेमा डिजे गित गराइएको हुँदा दर्शकहरुले रुचाइ सफलता प्राप्त हुन्छ भन्ने आशा रहेको गायक हेमराज थापाले बताए । ‘लास्ट ब्युटी’ म्युजिक भिडियोले सफलता पाओस् हाम्रो पनि शुभकामना ।

भिडियो हेर्नुहोस :