सलमानले कसे थप्पड - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सलमानले कसे थप्पड



सलमान खान अभिनित चलचित्र ‘भारत’ जुन ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरूले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड लगाएका छन् ।

यतिबेला इन्टरेटमा यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरूको घुइँचो लागेको छ ।  भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरू बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई थप्पड लगाइदिएका छन् ।

भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि  सलमान खानले रिसले सेक्युरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् ।

सलमान खानका फ्यानले उक्त घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरूले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ । एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् ।

सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ले रिलिज भएको पहिलो दिनबाटै दर्शक तथा फिल्म समिक्षकको राम्रो साथ पाइरहेको छ । यस फिल्ममा सलमान खानसँगै कट्रिना केफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राफ तब्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

(एजेन्सी)