हिमाल कँडेल अस्ट्रेलियाको युनिभर्सिटीमा सम्मानित - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

हिमाल कँडेल अस्ट्रेलियाको युनिभर्सिटीमा सम्मानित



बाग्लुङ्ग गल्कोट काँडेबासका डा. हिमाल कँडेलले अस्ट्रेलियाको फिलिन्डर्स युनिभर्सिटीमा बाट प्रतिष्ठित” भाइस च्यान्सेलर अवार्ड फर डाक्टरल थेसिस एक्सिलेन्स” बाट सम्मानित भएका छन् । विश्वबिद्यालयका कुलपति स्टेफेन गर्लाकले हालै सम्पन्न दिक्षान्त समारोहमा कँडेललाई गोल्ड मेडल प्रदान गरेका हुन। हरेक वर्ष विश्वविद्यालयले बिधार्थीले गरेको अनुसन्धानको आधारमा उत्कृष्ट बिद्याबारिधि बिद्यार्थीलाई प्रदान गर्ने गर्दछ। कँडेलले आँखाको रोगले जिबनको गुणस्तरमा पार्ने असरको परेमा अस्ट्रेलिया र नेपालमा अनुसन्धान गरेका थिए।

केहि महिना अगाडी कँडेल साउथ अस्ट्रेलियाको गभर्नर ‘ हिउ भान लि” बाट अन्तरास्ट्रिय बिद्यार्थी अवार्ड २०१८ सहित दुई पुरस्कार बाट समेत सम्मानित भएका थिए। हाल कँडेल युनिभर्सिटी अफ सिड्नी अन्तर्गत त्यहिँको आँखा अस्पतालमा पोस्ट डक्टरल रिसर्चरको रुपमा कार्यरत छन।