एमालेले गल्ती गर्‍यो, म प्रधानमन्त्री हुँदा सम्म प्रस्ताब फिर्ता हुन्न:- प्रचन्ड - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एमालेले गल्ती गर्‍यो, म प्रधानमन्त्री हुँदा सम्म प्रस्ताब फिर्ता हुन्न:- प्रचन्ड



दाङ, २२ मंसिर
प्रधानमन्त्री प्रचण्डले सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको, राष्ट्रिय एकता मजबुत गराउन खोजेको, तर एमालेले बिखण्डन गर्न खोजेको बताएका छन,

प्रचण्डले संशोधन प्रस्तावमा परिमार्जन हुन सक्ने तर कुनै हालतमा फिर्ता नहुने प्रष्ट पारेका छन् ।

दाङको सिसहनियामा पुलको शिलान्यास समारोहलाई देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेे, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन बरु संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् ।
उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दलहरुलाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत एमालेले गल्ती महसुस गर्ने बताए ।