साईनिङ्ग स्टारको दोश्रो वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

साईनिङ्ग स्टारको दोश्रो वार्षिकोत्सव सम्पन्न



बौनिया । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. १ मा रहेको श्री साईनिङ्ग स्टार एकाडेमीको दोश्रो वार्षिकोत्सव तथा सरस्वती पुजा आइतबार सम्पन्न भएको छ ।

बिद्यायलय ब्यवस्थापन समितीका अध्यक्ष हिक्मत बि.क.को सभापत्तिवमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी वडा नं. १ का वडा अध्यक्ष जयरुप खतीवडा र बिशिष्ट अथितीमा बालकन्य आधारभुत बिद्यायल ब्यवस्थापन समितीका अध्यक्ष मिथुन गौतम रहनु भएको थियो । कार्यक्रममा संस्थागत बिद्यालयको छाता संगठन बिप्साका अध्यक्ष प्रमोद मल्ल, कालिका आमा समुहकी अध्यक्ष साबित्रा सापकोटा, अबिभावक कौशल महतरा, नोबेल एकाडेमीका राजेन्द्र भट्ट, साईनिङ्ग स्टर एकाडेमीका प्रिन्सीपल तपेन्द्र खडका लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जयरुप खतीवडाले बिद्यथीहरुको भबिष्य उज्वल बनाउने सबै भन्दा पहिलो खुडकीलो अबिभावक भएकाले सबैले आफना वालवालिकाहरुको ईच्छा अनुसारका बिषयहरुमा प्रोत्सहान गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाले समय समयमा वालवालिकाको पढाईको बिषयमा बिद्यायलमा सम्पर्क गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा उत्कृष्ट अबिभावक, उत्कृष्ट शिक्षक र उत्कृष्ट बिद्यार्थीलाई सम्मान समेत गरीइएको थियो । बिद्यालयकी शिक्षीका शोभा रावलको सगत मन्तब्य संगै शुरु भएको कार्यक्रमको संचालन संचारकर्मी लोकू सिंह ठकुरीले गर्नु भएको थियो ।