सेती लोकमार्ग नृत्य प्रतियोगिताको उपाधी बिष्ट ब्रदरलाई  - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सेती लोकमार्ग नृत्य प्रतियोगिताको उपाधी बिष्ट ब्रदरलाई 



पदम ओझा / बौनिया ,कैलाली । 
सेति लोकमार्ग रास्ट्रब्यापी खुल्ला नृत्य प्रतियोगिता आज बौनियामा सम्पन्न भएको छ ।

एडि युनिट्स डान्स एकेडेमिको आयोजनामा उक्त नृत्य प्रतियोगिता सम्पन्न भएका हो । नृत्य प्रतियोगिताको उपाधी बिष्ट ब्रोदर्स बौनियाको समुहले हात पारेको छ ।

कार्यक्रम संयोजक प्रमोद मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो । यस्तै बिशिस्ट अतिथिमा गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारु रहनु भएको थियो ।

कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नं १ का अध्यक्ष जयरुप खतिवडा ,३ का अध्यक्ष करने सुनार,घोडाघोडी स्वबियु सभापति जिबन बि सि ,सडकपुर बौनिया युवा क्लबका अध्यक्ष प्रकाश साउद लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नृत्य प्रतियोगितामा काठमाडौ ,स्याङ्जा ,बुटवल कोहल्पुर,टिकापुर,लम्की ,सुखड,धनगढी,भजनि र महेन्द्रनगर बाट ब्यक्तिगत र समुह गरि ३६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै बौनियाको बिष्ट ब्रोदर नगद ५० हजार सहित ट्रफि पनि प्राप्त गरेका छन् । यसै गरि प्रतियोगितामा द्दितिय स्थान हासिल गर्दै कोहलपुरका किशोर हमाल नगद २५ हजार नगद सहित ट्रफि हात पार्न सफल भएका छन । यसै तृतीय स्थान संंयुक्त रुपमा हासिल गर्दै एलेक्स बिस्वकर्मा र रोप भुझेलले १२ हजार ५ सय नगद सहित ट्रफि प्राप्त गरेका छन ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तीहरुलाई सम्मान समेत गरिएको छ । जसमा शिक्षा क्षेत्र तर्फ बसन्त मुरारिका प्र अ भुमी प्रकाश बम ,पत्रकारिता क्षेत्रमा कोसेली एफ एमका लिला जंग शाही,कला क्षेत्रमा योगदान पुर्याएकका हितेश ताम्राकार ,र खेलकुद क्षेत्रमा योगदान पुर्याएका सडकपुर बौनिया युवा क्लबलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नृत्य प्रतियोगिताको निर्णायकमा मुभी कोरियो ग्राफर दिप श्रेष्ठ ,वाइल्ड रिफर्ज कृउ किरण थापा,किङस युनाईटेड मुम्बई प्रमोद भण्डारि र नृत्याङना आरु सिंह बैजु रहनु भएको थियो ।

लोकराज जोशिले स्वागत गरेको कार्यक्रमको संचालन राजेन्द्र रावलले गर्नु भएको थियो ।