कैलालीको बौनियामा ठुलो धनराशीको नृत्य प्रतियोगीता हुँदै  - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कैलालीको बौनियामा ठुलो धनराशीको नृत्य प्रतियोगीता हुँदै 



राजेन्द्र रावल /बौनिया,कैलाली ।
कैलालीको बर्दगोरिया गाउपालिकामा पुस १५ को अवसरमा ठुलो धन राशीको नृत्य प्रतियोगीता हुने भएको छ ।

स्थानीय ए.डि युनीट्स डान्स एकेडेमीको आयोजनामा सो प्रतीयोगीताले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनी निरन्तरता पाउन लागेको सो डान्स एकेडेमीका सञ्चालक दिनेस पालले जानकारी दिएका छन् । पाल बीगत लामो समय देखी सो क्षेत्रमा सक्रिय रुपमा नृत्य बिधामा क्रियासील रहदै आएका छन् भने बिगत चार बर्ष देखी पुस १५ को अवसरमा यो प्रतियोगीताको आयोजना गर्दै आइरहेका छन् ।

तेश्रो संस्करणमा २०७४ सालमा प्रथम पुरस्कार २० हजार रहेको प्रतियोगीताको बिजेताले यस बर्ष नगद ५० हजार पुरस्कार स्वरुप प्राप्त गर्ने उनले बताए ।

यसैगरी दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुह र व्यक्तीले क्रमस २५ हजार र १२ हजार ५ सय पुरस्कार स्वरुप प्राप्त गर्ने उनले जानकारी दिएका छन् ।

प्रतियोगीता आउन करीब २ हप्ताको समय बाकी रहदा उनले प्रचार प्रसार लगायत अन्य तयारी तीब्र रुपमा अगाडी बडीरहेको र त्यसमा स्थानीय संघ संस्था,व्यापारी,बिद्यालय र स्थानीयहरुको आफुलाई राम्रो साथ र सहयोग मिलीरहेको समेत उनले बताए ।

पालका अनुसार, ‘पुस १५ गते एक दिने सञ्चालन हुने सो प्रतियोगीताको निर्णायकको रुपमा डान्स प्लसका कीरन थापामगर संगै मुम्बईको किङ्गस युनाईटेड ग्रुपका प्रमोद भण्डारी र सुदुर पश्चिम प्रदेशका चर्चीत मुभी कोरीयोग्राफर दिप श्रेष्ठ सम्मीलीत नृणायक मण्डल रहने उनले बताएका छन् ।’

पालले सो प्रतियोगीता सञ्चालन गर्न करीब ४ लाख बराबर खर्च लाग्ने र सो रकमको जोहो भैरहेको समेत उनले बताए ।

पालले उक्त प्रतियोगीता भाग लिन नेपालको राजधानी काठमाण्डौं संगै भारतको मुम्बई सम्मका समुह र एकल प्रतिस्पर्धीहरु आफ्नो सम्पर्कमा रहेको बताएका छन् । पालका अनुसार उनलाई सो प्रतियोगीता गर्ने होसला बिगत देखी अहीले सम्म स्थानीय बर्दगोरिया गाउपालिका १ बौनियामा रहेको नव बालबाटीका बिद्या मन्दीरका संस्थापक प्रिन्सीपल प्रमोद मल्लले दिदै आइरहेको र यस बर्ष पनी आफुलाई उनीबाट राम्रो साथ प्राप्त भैरहेको बताए ।

मल्लसंगै आफुलाई अन्य नृत्य प्रेमी र समाजसेवीबाट समेत राम्रो हौसला मिलीरहेका कारण आफु यो प्रतियोगीता गर्न होसीयको पालले हिमाल पोस्टलाई जानकारी दिए ।

कार्यक्रम पुस १५ गते आइतबार बिहान १० बजे बाट बसन्त मुरारी माध्यमीक बिद्यालय बौनियाको खेल मैदानमा हुने र प्रतियोगीतामा करीब ३५ बटा समुह र एकल प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने आफ्नो अनुमान रहेको उनले बताए ।