जे .टि क्रीकेट कप भोलिदेखि सुरु ,उद्घाटन खेलमा आयोजक र आर एम ई टिकापुर भिड्ने - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

जे .टि क्रीकेट कप भोलिदेखि सुरु ,उद्घाटन खेलमा आयोजक र आर एम ई टिकापुर भिड्ने



कैैैलाली । चौथो संस्करणमा संचालन हुने जे टि क्रीकेट कप प्रतियोगिता भोलि (शनिवार) बाट सुरु हुने भएको छ ।

बर्दगोरिया गाउपालिका -४ स्थित मुडा बजार खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । चौथो संस्करणमा हुने प्रतियोगिताको तयारी पुरा भई सकेको शुक्रबार पत्रकार सम्मेलनमा मुल कमिटी संयोजक तथा जे. टि स्कुलका संस्थापक एकेन्द्र मल्लले बताउनु भयो । प्रतियोगिताले खेलाडिलाई राष्ट्रिय टिमसम्म पुग्न सहयोग हुने उद्देश्यका साथ प्रत्येक बर्ष प्रतियोगिता संचालन गरेको बताउनु भयो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्राफि पनि सार्बजनिक गरिएको छ । पत्रकार सम्मेलनमा संयोजक मल्लले प्रतियोगिताको सम्पुर्ण तयारि पुरा भएको बताए ।

हाईबे क्षेत्रकै बिधालय स्तरमा हुने सबै भन्दा ठुलो धनराशिको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जे टि र आर एम ई टिकापुर प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

बिहान १० बजेबाट संचालन हुने प्रतियोगिताको उदघाटन बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले गर्ने कार्यक्रम तय भएको सह संयोजक मनोज पन्तले जानकारी दिनु भएको छ ।

सहभागी बिधालयलाई बिभिन्न ४ समुहमा बिभाजन गरिएको छ । प्रत्येक समुहबाट २/२ बिधालय गरि ८ बिधालय क्वाटर फाईनल प्रबेश गर्ने छन ।

प्रतियोगितामा टिकापुरबट १,लम्किबाट १० र बौनियाका ५ बिधालय गरि जम्मा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगिता अन्तर्गत मंसिर २ गते बिहान नमुना लम्की र नव बालबाटिका बौनिया प्रतिस्पर्धा गर्ने भएका छन । यसै गरि प्रतियोगिता अन्तर्गत २ गते ११ बजे उज्यालो लम्की बिरुद्ध गुरुकुल लम्की र २ गतेकै अन्तिम खेल सर्बोदय गप्काका बिरुद्ध जनजागृती चौरी बिच खेल हुने प्रिन्सिपल मनोज पन्तले जानकारी दिए ।

यसै गरि प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर ,उदयिमान खेलाडिका साथै म्यान अफ द सिरिजलाई पनि नगद सहित ट्रफिको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

यस्तै नक आउट चरण बाट प्रत्यक म्याचमा म्यान अफ द म्याचको पनि व्यवस्था लम्किमा रहेको प्रमोद पुस्तक पसलले गरेको आयोजकले जानकारी दिएको छ । यसका साथै प्रतियोगिता भरिनै सबै भन्दा बढी छक्का र चौका हिर्काउनेलाई नगद एक/एक हजार प्रदान गरिने सह संयोजक पन्तले जानकारी दिए ।