प्रचण्डको कारण बैठक स्थगित - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

प्रचण्डको कारण बैठक स्थगित



हिमाल पोष्ट / काठमाडौँ, १३ मङ्सिर ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बुधबार बस्ने भनिएको केन्द्रीय कार्यालयको बैठक बस्न सकेन। पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बस्ने भनिएको बैठक अध्यक्षको कार्यव्यस्तताको कारण देखाउदै स्थगित गरिएको जनाइएको छ।

बैठक बिहीबार बिहान आठ बजेलाई सारिएको छ। बैठकमा संविधान संशोधनलगायतका विषयमा छलफल हुन लागेको थियो। संघीय गठबन्धनको माग अनुसार संविधान संशोधनमा जाँदा के के कुराहरु संशोधन गर्ने र सहमतिका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने कार्यक्रम रहेको नेताहरुले बताएका थिए।