चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल : उपाधिका लागी हाईबे बालबाटिका र घोडाघोडी क्लब भिड्ने - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल : उपाधिका लागी हाईबे बालबाटिका र घोडाघोडी क्लब भिड्ने



बाैनिया,कैलाली । सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेक मार्ग खुल्ला फुटबल प्रतियाेगिता २०७५ काे उपाधिका लागी हाईबे बालबाटिका र घोडाघोडी क्लब सुखड भिड्ने भएका छन ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा घोडाघोडी क्लब सुखड बिजयी भएको हो । घोडाघोडी क्लब सुखडले एच.बि.एन.एस.राणा कम्लेक्स बौनियालाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै उपाधिका लागी हाईबे बालबाटिका संगको भेट पक्का गरेको हो ।

घोडाघोडि क्लबका लागी तिर्थ चौधरि,प्रण्य अन्जाम दाम बादल पाखरिन र बिदेशी खेलाडी सेजनले गोल गरेका हुन । यो भन्दा पहिले नै जि .एच .आर. टिकापुरलाई हराउदै हाईबे बालबाटिका फाइनल पुग्न सफल भएकोे छ ।

आज भएको एकदमै प्रतिस्पर्धात्मक खेलमा एच . बि .एन.एस.राणा कम्लेक्स गोल गर्न न सक्दा सेमिफाइनल बाटै बाहिरिएको हो । आजको सेमिफाइनल खेलमा घोडाघोडी क्लबका राकेश हमालले खेलेका थिएनन । उनले यो भन्दा पहिलेका २ खेलमा लगातार पहेलो कार्ड पाउदा खेल भन्दा बाहिर बस्न बाध्य भएका हुन ।

भोली समापन भन्दा अगाडि पत्रकार र आयोजक बिच मैत्रीपुर्ण फुटबल खेल हुने आयोजकले जानकारी दिएको छ ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता भोलि मंगलबार समापन हुने छ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेको थियो । प्रथम पुरस्कार २ लाख,मेडल ट्रफि र प्रमाणपत्र रहेकाे प्रतियोगिता काे उपविजेता ले १ लाख,मेडल ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताकाे मुख्य प्रबर्दकमा बर्दगाेरिया गाउपालिका रहेकाे छ । भने मुख्य प्रायोजक सरस्वति एग्राे इण्डष्ट्रिज रहेको छ । प्रतियोगितामा दर्शकको उल्लेखनीय सहभागिता रहेक आयोजकले जानकारी दिएको छ ।