जि एच आर एफ सि टिकापुरलाई पराजित गर्दै हाईबे बालबाटिका फाईनलमा प्रवेश  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

जि एच आर एफ सि टिकापुरलाई पराजित गर्दै हाईबे बालबाटिका फाईनलमा प्रवेश 



पदम ओझा / बाैनिया ।
सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला फुटबल प्रतियाेगिता २०७५ काे फाइनलमा हाईबे बालबाटिका पुगेको छ ।

आइतबार भएको पहिलाे सेमिफाइनल खेलमा जि .एच .आर. टिकापुरलाई हराउदै हाईबे बालबाटिका फाइनल पुग्न सफल भएको हाे । हाईबे बालबाटिकाले पहिलो हाफमा पाएको पेनाल्टी शुटको सदुपयोग गर्दै भिस्म भाट गोल गर्न सफल भएका हुन । यसै गरि सन्तोश थापा मगरले दोस्रो हाफमा गोल गर्दै हाईबे बाल बाटिका २/० गोल अन्तर ले विजयी भएको हो ।

आज भएको एकदमै प्रतिस्पर्धात्मक खेलमा जि एच .आर एफ सि टिकापुर गोल गर्न नसक्दा सेमिफाइनल बाटै बाहिरिएको हो ।

प्रतियोगिता अन्तरगत अर्को सेमिफाइनल खेल सोमबार घोडाघोडी क्लब सुखड बिरुद्ध एच.बि.एन.एस.राणा कम्लेक्स बिच हुने खेल संयोजक पुस्प भण्डारीले जानकारी दिएका छन । उक्त खेलमा घोडाघोडी क्लबका राकेश हमालले खेल्न पाउने छैनन । उनले यो भन्दा पहिलेका २ खेलमा लगातार पहेलो कार्ड पाउदा खेल भन्दा बाहिर बस्न बाध्य छन ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक २० गते समापन हुने छ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेको थियो ।

प्रथम पुरस्कार २ लाख,मेडल ट्रफि र प्रमाणपत्र रहेकाे प्रतियोगिता काे उपविजेता ले १ लाख,मेडल ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।  प्रतियोगिताकाे मुख्य प्रवर्द्धनमा बर्दगाेरिया गाउपालिका रहेकाे छ । भने मुख्य प्रायोजक सरस्वति एग्राे इण्डष्ट्रिज रहेको छ । प्रतियोगितामा दर्शकको उल्लेखनीय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।