चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : क्वाटरफाईनल समीकरण पुरा - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : क्वाटरफाईनल समीकरण पुरा



हिमाल पोस्ट / कैलाली ।
सकडपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउपालिकामा कार्तिक ८ गते बाट सुरु भएको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल प्रतियोगितामा बिहिवार प्रि क्वाटर फाईनलका २ वटा खेल सम्पन्न भएका छन ।

बिहिबार भएको पहिलो प्रि क्वाटर फाइनल खेलमा हाईबे प्लाजा नवबालबाटिका बिरुद्ध गौरिगङगा ११ स्पोर्ट्स क्लब बिच भएको खेलमा हाईबे प्लाजा नवबालबाटिका शुन्यका विरुद्ध ६ गोल अन्तरले बिजयी भएको छ । हाईबे प्लाजा नवबालबाटिकालाई जित दिलाउने क्रममा बिक्रम सिंह ठकुरिले ६ गोल गरेका थिए ।

यसै गरि आज नै भएको दोश्रो पृ क्वाटर फाईनल खेलमा राणा कम्लेक्स एच बि एन एस का बिरुद्ध फोर्टिन जि एच आर टिकापुर बिच भएको खेलमा राणा कम्लेक्स एच बि एन एस एक का विरुद्ध ४ गोलले बिजयी भएको छ । राणा कम्लेक्स एच बि एन एस का लागी कमल थापाले एक गोल र चतुरमानले ३ गोल गरेका हुन । फोर्टिन जि एच आरका लागी सान्त्वना गोल सन्दिप सुनुवारले गरेका थिए ।

यो खेल संगै क्वाटर फाईनल समीकरण पनि पुरा भएको छ । क्वाटर फाईनल खेलमा ८ ओटा टिम रहेका छन । जसमा ए समुह अन्तर्गत आयोजक ए का बिरुद्ध जि एच आर टिकापुर ,समुह बि अन्तर्गत इन्द्रेणी युवा क्लबका विरुद्ध राणा कम्लेक्स एच बि एन एस ,समुह सि अन्तर्गत आयोजक बि का विरुद्ध हाईबे प्लाजा बालबाटिका र क्वाटर फाईनलको अन्तिम समुह डि मा घोडाघोडी क्लबका विरुद्ध पि एफ ए अतरियाका बिच हुने छ ।
प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमको सहभगिता रहेको छ ।

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रवर्द्धनमा बर्दगोरिया गाउपालिका रहेको छ भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्टृज रहेको छ ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो क्वाटर फाइनल खेलमा आयोजक सडकपुर बौनिया यूवा क्लब बि का विरुद्ध हाईबे प्लजा बालबाटिका बिहान ८ बजे भिड्दा अर्को क्वाटर फाईनल खेलमा इन्द्रेणी यूवा क्लब नौनिया का विरुद्ध राणा कम्लेक्स एच बि एन एस बिच दिउसो ३ बजे खेल हुने अध्यक्ष प्रकाश साउदले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा दर्शकको उल्लेखनीय सहभगिता रहेको प्रचार प्रसार संयोजक पदम ओझाले जानकारी दिएका छन ।