बझाङमा अर्को सातदेखि बिसिए कप क्रिकेट प्रतियोगिता सुरु हुदै  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

बझाङमा अर्को सातदेखि बिसिए कप क्रिकेट प्रतियोगिता सुरु हुदै 



गणेश विक / बझाङ ।

सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को सातादेखि  सुरु हुने भएको छ ।

यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बुङगल नगरपालिकामा हुने प्रतियोगिताको अघिल्लो संकरणमा बझाङबाहेकका ४ वटा टोलीको सहभागिता रहेको स्मरण गर्दै संयोजक उखेडाले यसपटक प्रदेशका अन्य जिल्लाको टोलीको सहभागिता रहने जानकारी दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन ९अनेरास्ववियु० का महासचिव ऐन महरले यो प्रतियोगिताले विकट जिल्लामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुन्छ भन्ने सन्देश दिएको बताए ।

उनले पर्यटन प्रबर्द्धनका लागि खेलकुद र आपसी सम्बन्ध सुधारका लागि पनि क्रिकेट महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

बुङगल क्रिकेट एसोसिएसन बिसिएको आयोजनामा कार्तिक १७ गते सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको छ ।