चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल : गाैरिगङ्गा ११ र बाैनिया (बि) काे विजयी सुरुवात - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल : गाैरिगङ्गा ११ र बाैनिया (बि) काे विजयी सुरुवात



राजेन्द्र रावल / बाैनिया, कैलाली ।
चाैथाे बर्दगाेरिया सेतिलाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिता अन्तर्गत चाैथाे दिन अाइतबार दुई खेल सम्पन्न भएका छन् ।

अाइतबार भएको पहिलो खेलमा अायाेजक सडकपुर बाैनिया युवा क्लब काे बि टिमले शम्भुसुनन्दा युवा क्लब चैनपुर लाई टाईब्रेकरमा तीन एककाे गाेल अन्तरले पराजित गर्दै दाेस्राे चरणमा स्थान बनाउन सफल भएको छ । निर्धारित समय र थप गरेकाे समयमा कुनै पनि टिमबाट गाेल नहुदा खेल अतिरिक्त समय सम्म धकेलिएको थियाे ।

अाइतबारनै भएको निकैनै प्रतिस्पर्धात्मक र राेचक खेलमा बुघ्द युवा क्लब टिकापुर लाई दुई एककाे गाेल अन्तरले पराजित गाैरिगङ्गा ११ स्पाेर्टस क्लब दाेस्राे चरणमा प्रवेस गर्न सफल भएको छ । गाैरिगङ्गा लाई जित दिलाउने क्रममा टिम क्याप्टेन कार्लाेस बखरिया र रमेस चाैधरिले एक एक गाेलकाे याेगदान गरेका थिए । कार्लाेसले फ्रिकिक मार्फत गाेल गर्दा रमेसले खेलकाे दाेस्राे हाफमा प्राप्त पेनाल्टी लाई गाेलमा परिणत गरेका थिए । बुघ्द युवा क्लबका लागि सान्तवना गाेल गाेर्खाले फर्काएका थिए  ।

प्रतियोगितामा साेमबार पहिलाे चरणकाे अन्तिम खेलमा पसुपति युवा क्लब रानिकुण्डा । पि.एफ.ए अत्तरिया अर्को चरण प्रवेसका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार २ लाख,मेडल र प्रमाणपत्र रहेकाे छ भने उपविजेता ले नगद १ लाख,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्तिक ८ गतेबाट सुरु भएको प्रतियोगिता २० गते सम्म चल्नेछ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेकाे छ ।