गायक खेम चौधरी र नव गायिका सिर्जना चौधरीको "जादु कैसिन" सार्वजनिक - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

गायक खेम चौधरी र नव गायिका सिर्जना चौधरीको “जादु कैसिन” सार्वजनिक



हिमाल पोस्ट / कैलाली । 

सुमधुर स्वरका धनि तथा छोटो समयमा नै निकै चर्चा बटुल्न सफल थारु युवा गायक हुन् खेम चौधरी ।
‘लभ होगइल’ बोलको गीत बाट संगित क्षेत्रमा डेब्यु गरेका गायक खेमको थुप्रै चर्चित थारू नेपाली हिन्दी भोजपुरी भाषाका गितहरू बजारमा ल्याइसकेका छन् ।

यसै क्रममा गायक खेम चौधरी र नव गायिका सिर्जना चौधरीको स्वरमा सजिएको नया गित “जादु करल ऐसिन तोहार ई नजर” बोलको गित बिन्दास मिडिया यूटुब च्यानल मार्फत शनिबार सार्वजनिक गरिएको छ ।

काठमाडौं स्थित संगम डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गितमा थारू गित संगितमै ख्याती प्राप्त गायक तथा रचनाकार राम कुमार कठरियाको शब्द संगित रहेको छ भने कुमार थापाले एरेन्ज गरेका छन् ।

गायक खेम चौधरीको लभ होगइल , हिरो आगइल , खन खन चुडिया खनकाईके ,सुनरी तुहिन दुलहि बनैबु लगायतका थुप्रै गितहरूले चर्चा पाइसकेका छन् । साथै नव गायिका सिर्जना चौधरीले कैलाली बौनियामे उ तोहार घर बा बोलको गित बाट संगित क्षेत्रमा डेब्यु गरेकि थिइन ।यस गितको डिजिटल मार्केटिङ् बिन्दास मिडियाले गरेको छ ।

गित सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :