बझाङ उद्योग वाणिज्य संघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवादै बिवाद - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

बझाङ उद्योग वाणिज्य संघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवादै बिवाद



गणेश विक / बझाङ ।
सुर्मादेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवाद चुलीएको छ ।

बिहिवार भएको खेलमा केदारस्यु गाँउपालीका र बुगल नगरपालीका बिच भएको खेलमा बिवाद भएको हो । त्यस्तै शुक्रवार भएको खेलमा खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीका बिच भएको प्रतियोगितामा बिवाद हँुदा हङ्गामा भएको एक खेलाडीले बताएका छन ।

केदारस्युुँ गाँउपालीका प्रशिक्षक बनेर वसेका बिनोद गिरी खेल मैदानमा खेल खेल्न थालेपछी बिवाद हुँदा भलीवल पोल उखेलेर खोलामा फालेको आयोजक समितीले जनाएको छ । त्यस्तै खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीका बिच भएको खेलमा रेफ्रीले बिगारेपछी बिवाद भएको हो ।

बझाङ उद्योग वाणिज्य संघले आयोजना गरेको भलिबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिला तर्फ ८ टिमले भाग लिएका छन् ।

अहिले सम्मको खेलमा सेमिफाईनलमा ४ टिम वाकी रहेका छन भने क्वाटर फाईनल तर्फ १ टिम वाकी रहेका छन । खेल सुरु भएको ३ दिन बितिसक्दा पनी अझै खेल सम्पन्न हुन सकेको छैन । आज पनी खेल सुरु हुने सँङ्केत नदेखीएको आयोजक समितीले जनाएको छ ।
कतीपय खेलाडी तथा दर्शकहरुले खेलमा राजनितिक करण भएको आरोप लगाएका छन ।