कञ्चनपुर चुनावी क्षेत्र नं १ स्तरीय फुटबल कपको उपाधि अरनिको युवा क्लबलाई  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

कञ्चनपुर चुनावी क्षेत्र नं १ स्तरीय फुटबल कपको उपाधि अरनिको युवा क्लबलाई 



किशोर तामाङ
कञ्चनपुर, पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा सञ्चालित चुनावी क्षेत्र नंं १ स्तरिय खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल बिहीबार समपन्न भएको छ ।

पुनर्वास नगरपालिका वडा नं ६ स्थित आफ्नै घरेलु मैदानमा सञ्चालन गरिएको सो फुटबल प्रतियोगिता बिहीबार एक कार्यक्रमका बिच फाइनल खेलका साथ सम्पन्न भएको छ ।

जित बहादुर तामाङको सभापतित्व र नगर प्रमुख जीवनराज थापाको प्रमुख अतिथ्यमा सम्पन्न भएको चुनावी क्षेत्र नं १ स्तरीय खुल्ला फुटबल प्रतियोगितामा  बिशिष्ट अतिथ्यमा वडा अध्यक्ष मान बहादुर गुरूङ, कञ्चनपुर फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ अतिथिमा पार्टी प्रतिनिधिहरु, समाज सेवी ठाकुर बराल,शिक्षाकहरू,चन्दा सहायोगदाताहरु खेलप्रेमी क्लब का अध्यक्षहरु र सञ्चारकर्मीहरु अतिथिको रुपमा आसिन रहेको थियो ।

चुनावी क्षेत्र नं १ स्तरिय मैत्रिपूर्ण फुटबल प्रतियोगितामा जम्मा २७ टीमको सहभागिता रहेकोमा सम्पुर्ण टिमलाई पछि पार्दै फाईनल उपाधि का लागि अरनिको युवा क्लब र भानु युवा क्लव पुग्न सफल भएको थियो ।

न्यू त्रिभुवन युवा क्लब द्वारा आयोजित चुनावी क्षेत्र नंं  १ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उपाधि अरनिको युवा क्लब अरनिको बस्तीले प्राप्त गरेको छ ।

खेल समय तालिका अनुसार बुधबार
भानु युवा क्लव भानुबस्ती र अरनिको युवा क्लब अरनिको बस्ती बिच मैत्रिपूर्ण र प्रतिष्पर्धात्मक ढंगबाट अघि बढिरहेको अवस्थामा ३-३ गोलको बराबरीमा समयको अभाव देखाउँदै आयोजकले खेललाई ड्र गराई स्थगित गराईएको थियो । सो स्थगित फाईनल खेल बिहीबार पनि निकै नै प्रतिष्पर्धात्मक र रोचक रहेको थियो ।

खेलको मधयनतर सम्म कुनैपनि टीमले गोल गर्न सकेन तर दोस्रो हाफको सुरुवात मै अरनिको युवा क्लबका लागि राजकुमार तामाङले सेन्टर लाईन बाट प्रहार गरेको सुट नै अरनिकोका लागि पहिलो गोल बन्न पुग्यो । तत्पश्चात अरनिकोकै लागी बिकेस तामाङले दोस्रो गोल गरेका थिए ।

भानुका लागि पनि निकै सुनौला अवसरहरू प्राप्त गरे पनि सदुपयोग भने गर्न सकेनन् । यी दुई गोलनै भानु युवा क्लवका लागी हारको कारण बन्न पुग्यो ।

यसरी ०-२ गोलको अन्तरले भानु युवा क्लव भानुबसतीलाई पाखा लगाउदै अरनिकोले भने कञ्चनपुर चुनावी क्षेत्र नंं १ स्तरिय मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

बिजेता समुहले नगद ५१ हजार मेडल र प्रमाणपत्र उपविजेताले नगद ३१ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सो पुरस्कार जिल्ला फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ र वडा अध्यक्ष मान बहादुर गुरूङले संंयुक्त रुपमा प्रदान गरेका थिए ।

सो खेलमा उत्कृष्ट खेलाडी भानु युवा क्लव का प्रविण दहाल घोषित भएका थिए । उनले नगद रु ५ हजार र ट्रफी प्राप्त गरेको थियो । त्यसरीनै उत्कृष्ट गोल रक्षक अरनिको युवा क्लबका बिवेक तामाङ, सर्वाधिक गोलकर्ता अरनिको युवा क्लबकै बिकेस तामाङ घोषित भएका छन् । तामाङले जम्मा ११ गोल गरेका थिए । दुबैजनाले नगद रु २ हजार र ट्रफी प्राप्त गरेको थियो ।

दिर्घराज घिमिरेको स्वागत मन्तव्य बाट शुरु भएको यस फुटवल प्रतियोगिता को समापन समारोहलाई क्लबका सचिव भरत बोहोराले सञ्चालन गर्नुभएको थियो ।