कसरी भयो केकीको यस्तो रुप ?हेर्नुस भिडियो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कसरी भयो केकीको यस्तो रुप ?हेर्नुस भिडियो



गायक तथा संगीतकार राज सागरको आवाज रहेको ’चिसो सहर’ बोलको गीत तथा म्युजिक भिडियो राजधानीमा एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । गीतकार राजेन्द्र सलभ, संगीतकार, राजु सिंह, गायक आनन्द कार्की लगायतका वरिष्ठ व्यत्तित्व उपस्थितीमा उक्त भिडियो विमोचन गरिएको हो ।

भिडियोलाई व्यस्त निर्देशक पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । भिडियोमा नायिका केकी अधिकारीको दमदार अभिनयलाई देख्न सकिन्छ साथै सुदीप कार्की र विनोदले अभिनयमा साथ दिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन तथा प्रवीण श्रेष्ठको सम्पादन रहेको भिडियोमा श्रृंगार सिमा गुरुङको रहेको छ । पछिल्लो समय निकै उत्कृष्ट काम पस्किदै आएका निर्देशक लामाले यस भिडियो पनि निकै कलात्मक ढगंले तयार पारेका छन् साथै केकीलाई पहिलोपटक चिण्डे लुक्समा अभिनय गराएका छन् ।