निर्मला पन्त हत्याकाण्डको अध्ययनका लागि कांग्रेसले टोली पठाउने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

निर्मला पन्त हत्याकाण्डको अध्ययनका लागि कांग्रेसले टोली पठाउने



काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ वर्षीय निर्मला पन्तको हत्या काण्डबारे स्थलगत अध्ययनका लागि एक टोली कञ्चनपुर पठाउने निर्णय गरेको छ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले कञ्चनपुर घटनाको यथार्थबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायर रहेको टोलीलाई आइतबार कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कञ्चनपुर घटनाको गहन र गहिरो छानविन गरी अपराधीमाथि तत्काल कारवाहीको माग गर्दै कांग्रेसले निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्ति र सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले देशमा हत्या, हिंसा, जघन्य बलात्कारका घटनाहरु बढ्दा सरकार शान्ति सुरक्षाको संवेदनशीलतामा क्षमता प्रस्तुत गर्न असफल भएको निष्कर्ष समेत निकालेको छ।