गजल-कमल संघर्ष - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

गजल-कमल संघर्ष



म देख्न सक्छु यार आँखा चिम्लीएर

मेरो देशको श्रृङ्गार आँखा चिम्लीएर

00

भनेकाछन् यो खुकुरीले देश बचाउन

त्यो पनि गर्नुछ प्रहार आँखा चिम्लीएर

00

डर लाग्छ नदिलाई हेर्नै सक्दिन भन्छ

कसरी पुग्ला किनार आँखा चिम्लीएर

00

दिनभर पनि हेरे मैले रातभर पनि हेरे

कालै देखियो संसार आँखा चिम्लीएर

00

सडकको बिचबाटै एक बगाल सपना

गरिरहेछन् वार पार आँखा चिम्लीएर

लेखकको ‘सडक’ गजल संग्रह भर्खरै बजारमा आएको छ ।