क्षेत्री समाज साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

क्षेत्री समाज साधारण सभा सम्पन्न



बिमल क्षेत्री/ बुटवल ।क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले आठौ साधारण सभा सम्पन्न गरेको छ ।

समाजको नवनिर्मित ट्रस्टमा सञ्चालन भएको कार्यक्रम समाजका केन्दीय उपाध्यक्ष लक्ष्मण थापा क्षेत्रीले उद्द्याटन गर्नुभएको थियो ।

कार्यक्रममा समितिको बार्षिक प्रतिवेदन अध्यक्ष गुप्त बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो भने समितिका कोषाध्यक्ष लोक बहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले छरीएर रहेका क्षेत्रीहरु एकिकृत भए मात्र क्षेत्रीहरुको अस्तित्व रहने कुरा उल्लेख गरेका थिए ।

संविधानले क्षेत्रीहरुको अधिकार कुण्ठित पारेको भन्दै त्यसलाई सूधार गर्न क्षेत्रीहरुको एकात हुन आवश्यक रहेको बताए । देशको अस्तित्व र राष्ट्रिय अखण्डताको सुराक्षा गर्न क्षेत्रीहरुको विशेष भुमिका रहेकोले सरकार र राष्ट्रले क्षेत्रीहरुलाई यसै विर्सन नमिल्ने भनाई व्यक्त गरेका थिए ।

कार्यक्रममा महायज्ञका जेष्ठ दानविर दाता ,जानकिनगर बस्ने ९९ बर्षका सहवीर कार्की र समाजलाई अथक सहयोग गर्ने पत्रकार बिमल क्षेत्रीलाई समेत समाजले सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि हिलपार्क विकास परिषदका अध्यक्ष भिम प्रसाद तुलाचन , क्षेत्री समाजका केन्द्रिय सदस्य विश्नु बहादुर कार्की , नुमा थापा , निर्वतमान सदस्य दल बहादर जि.सी., प्रमुख सल्लाहाकार सागर प्रताप राणा ,सल्लाहाकारहरु पृथ्वी बहादुर फौदार ,ओम बहादुर फौदार , हरी बहादर आचार्य , निर्वतमान अध्यक्ष्ँ लेख बहादुर कार्की , कानुनी सल्लाहाकार वेन बहादुर पौडेल , हिन्दु माहासंद्यका अध्यक्ष अम्वीका पौडेल क्षेत्री, तिलोत्तमा नगर अध्यक्ष लिल बहादुर खड्का , बुटवल नगर अध्यक्ष कुल बहादुर के.सी. , महिला अध्यक्ष कृष्ण बस्नेत ,यूवा अध्यक्ष महेन्द्र कार्की , विद्यार्थी अध्यक्ष असीम थापा क्षेत्री , निवर्तमान अध्यक्ष हरी थापा क्षेत्री , राष्ट्रिय लोक दोहोरीका ५ नम्बर प्रदेशबाट केसव क्षेत्री लगाएतको मन्तव्य रहेको थियो ।

कार्यक्रम पार्वती खड्काको स्वागत मन्तव्य र समाजका सचिव नारायण रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो।