टिपर दुर्घटनामा सहचालकको मृत्यु
रामपुर, पाल्पा (रासस) । टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु३ख ८९३९ नंको टिपर दुर्घटना भएको हो । टिपरका चालक सोही ठाउँकै ३८ वर्षीय भीम परियारको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।