मन्त्रिपरिषद् चौथोपटक विस्तार, यादव स्वास्थ र राई सहरी मन्त्रीमा नियुक्त - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मन्त्रिपरिषद् चौथोपटक विस्तार, यादव स्वास्थ र राई सहरी मन्त्रीमा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन्। नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध छन्।

नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए।