तिलोत्तमाको श्रीराम कपास उद्योगमा आगलागि,करिव १५ लाखको क्षति
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नम्वर ६ स्थित श्रीराम कपास उद्योगमा आज बिहानै आगलागि भएको छ ।
१२ नम्वरचोक नजिकै रहेको उद्योगमा बिहान ४ बजेतिर बिद्युत सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उद्योगमा लागेको आगो स्थानीय र दमकलको सहायतामा डेढ घण्टा पछी साढे ५ बजे निभाइएको थियो ।
आगलागीबाट करिव १५ लाख रुपैया बरारको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।