नेपाल तरुण दलको नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेपाल तरुण दलको नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न



 जमुना न्युरे/ सुखड ,कैलाली । “राष्ट्रियता ,लोकतन्त्र,समाजबाद र तरुण एकता ” भन्ने मुल नाराका साथ नेपाल तरुण दलको एक दिने नगर प्रशिक्षण कार्यक्रम कैलालीको घोडाघोडि नगरपालिका १० पहलमानपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस कैलाली जिल्ला सभापती नर नारायण शाह “मनु”ले भने नेपाल तरुण दल नेपाली कांग्रेसको भातृ सङ्गठन हो , यसमा सबै युवाहरु मिलि सामाज , गाउँ , नगर बिकासमा सहभागी भइ लोकतान्त्रिक नेपाललाइ सस्थागत गर्नुपर्छ ‘।

उनले भने कुरा होइन काम गरौ,नेपाल तरुण दलले राम्रा कुरामा सहकार्य गर्दै नराम्रा कुरामा खबर्दारी गर्दै जानू पर्छ । उनी भन्छ्न ‘ नेपाली कांग्रेसले तीन चरणको निर्बाचन हुदा पराजय भोग्नुको मुख्य कारण गुठ उपगुठ, लोभ लालच हो’ । पार्टी भित्र रहि सहयोग नगर्नेलाइ कारबाही सुरु गरिसकेको बताउदै उनले भने ,’अब स्वच्छ , निस्चल, निस्पक्ष, बिबाद रहित सङ्गठन बनाउन लागिपरेको छु’ ।
कार्यकर्ताहरुलाइ कसैको लोभ लालचमा नपरी आफ्नो स्वबिबेक प्रयोग गरेर काम गर्न उनले आग्रह गरे । नेपाल तरुण दल घोडाघोडी नगर कार्यसमितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नं ३ का सभापती खेमराज चौधरीले’ भने घर मिलाउन , परिवार लाई एक ढिका हुनका लागि , पार्टी नेतृत्वले प्रभावकारि भुमिका खेल्न पर्छ ‘ ।

उनले भने, ‘पार्टी विरुद्ध जाने जो कोहिलाइ कारबाही हुनुपर्छ ,त्यसपछी मात्र पार्टी सुदृढीकरण हुन्छ । उनी भन्छ्न, निर्बाचनमा सहयोग नगर्नेहरुलाइ पार्टिले कृयासिल सदस्यता दिनु हुदैन ,त्यसपछी मात्र पार्टी भित्र राम्रो नेतृत्व आउनेछ । कार्यक्रममा बोल्दै तरुण दलका जिल्ला अध्यक्ष दिपेन्द्र बमले नेपाल तरुण दलले अहिले देशका सबै जिल्लाहरुमा तरुण दल गठन गरिरहेको बताए ।

उनले तरुण दलमा कुनै पनि बिबाद नरहेको बताए । कार्यक्रमा नेपाली कांग्रेसका पुर्ब जिल्ला सचिब रामचरण चौधरी , कैलाली क्षेत्र नं ३ ‘ख’ का प्रदेश उम्मेद्वार पुरन चौधरी , क्षेत्र नं ३ ‘ख’ का प्रदेश उम्मेद्वार लक्षमण साही, केशब मिश्र लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसमा रहेर पार्टिमा विभिन्न क्षेत्रमा लामो समय सम्म काम गरेका १६ जना कार्यकर्तालाइ सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा सुखराम चौधरी , हरिप्रसाद जोशि , डिल्लिराम भन्डारी,हरि सिङ रावल, भवानी शङ्कर आचार्य, कमल प्रसाद तिवारी,राम बहादुर कुस्मी, मोति सिङ कुवर, टिकाराम शर्मा लामिछाने ,दुर्गा प्रसाद ओझा, रण सिङ महता, कृपाराम जोशी,जगनारायण चौधरी, राम बहादुर साही, लक्षमिराज जोशी,रण बहादुर भन्डारा रहेका थिए । नेपाल तरुण दलका घोडाघोडी नगर सभापती हरि बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।